प्राइम बैंकको नाफा १२ प्रतिशतले वृद्धि
वि.सं.२०७९ साउन १८ बुधवार ०८:०४
shares

काठमाडौं, १८ साउन । प्राइम कमर्सिलय बैंकले अघिल्लो आर्थिक वर्षकोभन्दा १६ प्रतिशत बढी मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षमा अघिल्लो आवकोभन्दा १६.६३ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २२.२४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १.४८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.७७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ।
नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५९ पैसा घटेर १९ रुपैयाँ ७३ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १६ प्रतिशत बढेको छ भने जगेडा कोष १३.२२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ३.९३ प्रतिशत र कर्जा ९.४४ प्रतिशत बढेको छ।
















