Dhulikhel Eco Banner new

राजनीतिबाट विरक्तिए माधव नेपाल, सन्यास लिने संकेत

8.83K
shares

काठमाडौं, साउन १९ साउन । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल राजनीतिबाट विरक्तिएको बताएका छन् । काठमाडौंमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कहिलेकाहीँ राजनीति नै छाडौँ कि भन्ने लाग्छ भन्दै वाध्यताले मात्रै राजनीतिमा रहेको बताएका हुन् ।

डा. ढाकाराम सापकोटाले लेखेको पुस्तक नेकपा एमाले र माओवादी केन्द्रको एकातादेखि विभाजनसम्म पुस्तक विमोचन कार्यक्रममा निकै भावुक देखिएका अध्यक्ष नेपालले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको बताएका हुन् । ‘कहिलेकाहीँ त राजनीति छाडौं कि भन्ने लाग्छ । तर परिस्थितिले छाड्न दिएको छैन,’ उनले भने । आगामी चुनाबमा आफू उम्मेदवार बन्नु पर्ने बाध्यता रहेको पनि उनले सुनाए ।

चुनावमा उम्मेदवार नहुँदा डरायो भन्ने बुझाइ हुने भएकाले पनि चुनाव लड्नु पर्ने बाध्यता रहेको उनले बताए । ‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन चुनाव नलड्दा माधव नेपा डरायो भन्ने प्रभाव पर्छ,’ उनले भने ।