Dhulikhel Eco Banner new

गुणस्तरीय स्वास्थ्य सेवाको लागि तिलागुफा नगरपालिका र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबीच सम्झौता

7.35K
shares

काठमाडौं, १९ साउन । कालिकोटको तिलागुफा नगरपालिकाले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला सङ्ग स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । स्वास्थ्य सेवाका लागी प्राबिधिक कर्माचारि र प्राबिधिकको लागि संचालन र सहयोग आदानप्रदान गर्न सम्झौता गरेको हो ।

सम्झौता पत्रमा नगरपालिका तर्फबाट नगर उप प्रमुख महेन्द्र ब। शाही र प्रतिष्ठानका तर्फबाट रजिस्ट्रार नृपेन्द्र महत ले हस्ताक्षर गरेका छन् । प्रतिष्ठानले विशेषज्ञ सेवाका लागि महिनामा कम्तिमा एक पटक विशेषज्ञ चिकित्सकहरुद्वारा क्याम्प संचालन गर्ने निणर्य गरेको छ ।

चिकित्सकको मासिक हाजिरी नगरपालिकाले प्रमाणित गरि प्रत्येक महिना प्रतिष्ठानमा पठाउनु पर्ने व्यवस्था गरेको छ ।चिकित्सकले बिदा लिनु परेमा नगरपालिका प्रमुख बाट स्वीकृत लिई प्रतिष्ठानका अस्पताल निर्देशक लाई जानकारी गराउनु पर्नेछ ।

प्रतिष्ठान बाट खटाई आउने चिकित्सक नै प्राबिधिक रुपमा नगरपालिकाको स्वास्थ्य संस्थाको प्रमुख रहनेछ र त्यहाँका कार्यरत कर्माचारीहरुको सुपर भाईजरको रुपमा काम गर्नु पर्ने र नगरपालिकाको स्वास्थ्य संस्थामा टेलि मेडिसियन स्टेशनको स्थापना गर्ने भएको छ ।

चिकित्सकको लागि प्रोत्साहन भत्ता, यातायात खर्च आवास ईन्टरनेट र अन्य सुविधा हरु नगरपालिकाले ब्यबस्था गर्नु पर्नेछ ।साथै नगरपालिका मा खटिएको अवस्थामा पालिकाको नियम अनुसारको दैनिक भ्रमण भत्ता ब्यबस्था गरेको छ ।

प्रतिष्ठानमा अध्ययनरत विभिन्न संकायका विद्यार्थी हरुलाई कम्युनिटी फिल्ड को क्षेत्र निर्धारण क्षेत्र मा तिलागुफा नगरपालिका लाई प्राथमिकतामा राखि समाबेश गर्नुपर्ने छ उक्त कार्यमा आएका विद्यार्थी हरुलाई आवासको ब्यबस्थापन नगरले नै र्ने व्यवस्था रहेको छ । ।