एनआईबिएल सहभागिता फण्डले गर्यो लाभांश घोषणा
वि.सं.२०७९ भदौ १० शुक्रवार ११:००
shares

काठमाडौं, १० भदौ । एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामखी योजनाले लाभांश घोषणा गरेको छ।
योजनाको आर्थिक बर्ष २०७८/०७९ को लेखापरिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०७९/०५र०९ गते अपरान्ह ३:३० बजे बसेको संचालक समितिको ९९औं बैंठकले आर्थिक बर्ष २०७८र०७९ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.२० प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो।
क्यापिटलले लाभांश वितरणको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। सो मिति सम्म कायम रहेका इकाईधनीहरु मात्र माथि उल्लेखित लाभांशका लागि योग्य मानिने छन् ।
















