Dhulikhel Eco Banner new

आइएमई र पतञ्जलीबीच सम्झौता, आईएमई गर्न पतञ्जलीमा गए पुग्ने

4.33K
shares

काठमाडौं, १५ भदौ । रोजगारीका लागि भारतममा रहेका नेपालीहरुले पचञ्जली आयुर्वेद समूहमा आवद्ध विभिन्न आउटलेटबाट नेपालमा रकम पठाउन सक्ने भएका छन् । पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता भएसँगै भारतबाट नेपालमा रकम पठाउनका लागि पतञ्जलीका १० हजार आउटलेटको प्रयोग गर्न सकिने भएको हो ।

सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धिधत भरुवा सोलुसन प्रालिका निर्देशक डा. ऋषी कुमार र आइएमई इन्डियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् । हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच मंगलबार दिल्लीमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने बताएका छन् । उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवम् सहज माध्यम थपिएको बताए ।

प्रत्येक भारतीय सहरमा पतञ्जली आयुर्वेदका आउटलेटहरू भएकाले तिनीहरू व्यापक रूपमा पहुँचयोग्य छन । आउटलेटहरूमा सजिलो पहुँचको कारण भारतमा कार्यरत नेपालीहरूले पैसा पठाउने सेवाहरू प्रयोग गर्न कुनै पनि स्थानहरूमा जान सक्छन् । एकिन तथ्यांक नभए पनि भारतमा लाखौँको संख्यामा नेपालीहरु काम गर्नेगरेका छन् ।

विदेशमा बसोबास गर्ने धेरै नेपालीहरूले नेपालमा रेमिट्यान्स पठाउन आफ्नो मनपर्ने ब्राण्डको रूपमा आइएमईको प्रयोग गर्छन् । एक स्तरको विश्वासलाई कायम राख्न र बलियो बनाउन आइएमई इण्डियाले भारतको एक प्रतिष्ठित कम्पनी पतञ्जली आयुर्वेदसँग सहकार्य गरेको जनाएको छ ।