लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ भदौ २२ बुधवार ०९:४५
shares

काठमाडौं, २२ भदौ । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले सुजन बरालको नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरेलको नाममा रहेको ४ हजार कित्ता, युगराज रेग्मीको नाममा रहेको ६५ हजार कित्ता र गणेश राज रेग्मीको ११ हजार ४०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको ( भदौ २२) मितिबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
उक्त अवधिमा निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्रीमा ल्याउने समेत कम्पनीले जनाएको छ ।
















