GBIME

सुपर लघुवित्त समस्याग्रस्त घोषणा

4.3K
shares

काठमाडौं, २२ भदौ । दाङमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ । नेपाल राष्ट्र बैैंले २०७८ सालको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार यो संस्थालाई समास्या ग्रस्त घोषणा गरेको हो ।

केन्द्रीय बैंकले गरेको स्थलगत निरीक्षण तथा विशेष निरीक्षणबाट यो संस्थाका अध्यक्ष लगायत सदस्यहरुले नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गरेको पाइएको छ । संस्थाका सदस्यहरुले कर्जा प्रवाह गरी संस्थाको अहित गरेको देखिएको केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

संस्थाको पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक रहेकाले सुपर लघुवित्तलाई २०७८/१२/०२ मा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारवाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकोमा संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (घ), (च) तथा (ज) को अवस्था विद्यमान रहेको देखिएकोले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको राष्ट्र बैंकको सुपरिवेक्षण विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो संस्थामा आर्थिक हिनामिना भएको भन्दै अध्यक्ष सहितका व्यक्तिहरुलाई प्रहरीले खोजिरहेको जनाएको छ । लघुवित्तका केही कर्मचारीलाई भने प्रहरीले पक्राउ गरेको थियो । कायम मुकायम सीईओ सहितका कर्मचारीलाई पक्राउ गरेको भए पनि कामु सीईओ भने धरौटीमा छुटेका थिए ।

Follow Up

प्रभु बैंकको २५ करोड रुपैयाँ सुपर लघुवित्तले डुबायो

प्रभु बैंकको २५ करोड रुपैयाँ सुपर लघुवित्तले डुबायो

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर लघुवित्तमा २३ करोड अनियमितता, कामु सीईओसहित ३ कर्मचारी पक्राउ

सुपर लघुवित्तमा २३ करोड अनियमितता, कामु सीईओसहित ३ कर्मचारी पक्राउ

सुपर लघुवित्त ठगी प्रकरण : थप कर्मचारी पक्राउ, अध्यक्ष भने अझैं फरार

सुपर लघुवित्त ठगी प्रकरण : थप कर्मचारी पक्राउ, अध्यक्ष भने अझैं फरार

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्तका सञ्चालक र कर्मचारीकाे तीन पुस्ते खाेज्दै प्रहरी

सुपर लघुवित्तका सञ्चालक र कर्मचारीकाे तीन पुस्ते खाेज्दै प्रहरी

सुपर लघुवित्तका कामु सीईओलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुपर लघुवित्तका कामु सीईओलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुपर लघुवित्त ठगी प्रकरण– आरोपित चौधरीले गरे कार्यालय कब्जा, कामू सीईओ सीडीमा

सुपर लघुवित्त ठगी प्रकरण– आरोपित चौधरीले गरे कार्यालय कब्जा, कामू सीईओ सीडीमा

सुपर ठगी प्रकरण : मुद्दा प्रक्रिया कहाँ पुग्यो ?

सुपर ठगी प्रकरण : मुद्दा प्रक्रिया कहाँ पुग्यो ?