साञ्जेन जलविद्युतकाे आईपीओमा आवेदन दिने म्याद थप
वि.सं.२०७९ असोज ४ मंगलवार १७:०९
shares

काठमाडौं, ४ असोज । साञ्जेन जलविद्युत् कम्पनीले आईपीओमा आवेदन दिने समय थप भएको छ । स्थानीय बासिन्दाले अब असोज ३० गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् ।
यसअघि पनि कम्पनीले असोज ४ गतेसम्मका लागि समय थप गरेको थियो । सो अवधिमा सबै कित्ता शेयर बिक्री नभएपछि कम्पनीले पुनः समय थप गरेको हो ।
कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित दरका ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका–४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यस्तै सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै सह–निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।
















