नेपाल इण्डोनेशिया बीच सिधा हवाई सम्पर्क विस्तारमा जोड
वि.सं.२०७९ असोज ७ शुक्रवार १७:४४
shares

काठमाडौं, ७ असोज । नेपाल इण्डोनेशिया बीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इण्डोनेशिया व्यवसायिक फोरम (Nepal-Indonesia Business Forum 2022) को बुधवार सम्पन्न बैठकमा सो कुरामा जोड दिइएको हो ।
भौगोलिक एवं सांस्कृति विविधता, प्राकृतिक सुन्दरताका हिसावमा समेत कतिपय कुरामा नेपाल इण्डोनेशिया बीच समानता रहेको र यसबाट पर्यटन प्रवद्र्धनमा निकै ठूलो लाभ लिन सकिने सम्भावना देखिन्छ । यसका लागि सिधा हवाई सेवा संचालन सवैभन्दा महत्वपूर्ण रहेको कुरा सो अवसरमा बताइयो ।
दुवै देशकातर्फबाट दौत्य सम्बन्ध स्थापना भएको छ दशक पुरा भैसके पनि आर्थिक सम्बन्ध भने सोचेजति विस्तार हुन सकेको पाईदैन ।
प्राप्त तथ्याक अनुसार दुुई देश बीचको व्यापार घाटा निकै फराकिलो बन्दै गएको छ । इण्डोनेशियासंग नेपालको निर्यात व्यापार अत्यन्त न्यून रहेको पाइन्छ ।
सन् २०२१÷२२ मा द्विपक्षीय व्यापार घाटा ५३ अर्व २४ करोड भन्दा बढीको थियो । व्यापार घाटालाई कम गर्न संयुक्त लगानी विस्तारमा बैठकमा जोड दिइयो ।
नेपालमा इण्डोनेशियन पर्यटक भित्रयाउन सकिने अधिक सम्भाव्यता र आधारहरु छन् । हामी यसमा काम गरी दुवै देशका जनतालाई लाभान्वित बनाउन सक्छौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने ।
महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले अन्तराष्ट्रिय मन्चहरुमा पनि दुवै देशको वलियो सहकार्य रहेको बताए ।
अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकासमा महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपर ल्याएको र त्यसले नेपालको आगामी दश वर्षभित्रको आर्थिक विकासको खाका कोरिएको बताए ।
अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, व्यापार घाटा न्यूनिकरण भिजन पेपरका लक्ष्यहरु रहेका यसको कार्यान्वयनमा नेपाल सरकारसंग समेत सहकार्यका लागि सहमती भएको जानकारी गराउनुुहुदै नेपालको आर्थिक विकासमा इण्डोनेशियाले हासिल गरेको सफलता बांडन अध्यक्ष गोल्छाले आग्रह गरे ।
पर्यटन क्षेत्रमा सहकार्यको ठूलो सम्भाव्यता छ, उनले भने । नेपालको सवैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार भएको नाताले इण्डोनेशियाले नेपालमा संयुक्त लगानीमा उद्योग स्थापना गरी व्यापार घाटालाई न्युनिकरण गर्ने दिशामा सहयोग गर्न आग्रह गरेका छन् । नेपाल सन् २०२६ सम्म विकासशील मुुलुकमा स्तरोन्ती हुने तयारीमा रहेकाले आर्थिक विकासको हाम्रो प्रयासमा सहयोग गर्न अग्रह गर्दछुु, अध्यक्ष गोल्छाले भने ।
आगामी अक्टोवरमा इण्डोनेशियामा हुने ट्रेड एक्सोपोमा नेपालको सहभागिताका विषयमा पनि सो अवसरमा वृहद छलफल भयो ।
ट्रेड एक्सपोलाई दुुई देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि तथा इण्डोनेशियामा नेपाल प्रवद्र्धनका लागि उपयुक्त फोरमको रुपमा उपयोग गर्न बैठकमा
इण्डोनेशियासंग व्यापार व्यवसाय गर्ने नेपाली व्यवसायीहरुको समेत सहभागिता रहेको सो अवसरमा पाल्म आयलको आयात, नेपाली जैवलरीको इण्डोनेशियाको बजार प्रवद्र्धन, नेपालमा इण्डोनेशियन पर्यटन आकर्षण, संयुक्त लगानी लगायतका विषयमा जिज्ञासाहरू राखिएका
थिए ।
कार्यक्रममा महासंघका पदाधिकारीहरू, कार्यकारिणी समितिका सदस्यहरु, वस्तुुगत संघका अध्यक्षहरु सहित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।
















