भाट–भटेनीमा अब पनि नेपाल पेको क्युआर स्क्यान सेवा
वि.सं.२०७९ असोज ७ शुक्रवार १८:०७
shares

काठमाण्डौं, ७ असोज । नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा रहेको भाट–भटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ ।
उक्त नेपाल पे क्युआरलाई ग्राहकले नेपाल पे सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्टआइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।
भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा डायनामिक नेपाल पे क्युआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् ।
ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेटबाट नेपाल पे चल्ने यकिन गर्न उक्त एपको क्युआर क्यान स्क्र्रीनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।
हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, आदि गरी गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।
















