Dhulikhel Eco Banner new

इभी एक्सपोमा अवलोकनकर्ताको भीड (भिडियोसहित)

5.04K
shares

काठमाडौं, ७ असोज । भृकुटीमण्डपमा बिहीबार देखि सुरु भएको इभी नाडा अटो एक्सपोमा अबलोकनकर्ताहरुको निकै भिडलागेको छ । विद्युतिय सवारी साधान खरिद गर्न तथा नयाँ प्रविधिको विषयमा जानकारी दिने एक्सपोमा अवलोकन कर्ताहरुको भिड देखिएको हो ।

एक्पोमा विद्युतिय साइकल देखि विभिन्न ब्राण्डका गाडिहरुका स्टलहरु रहेका छन् । जसमा ८० प्रतिशसम्म फाइनान्सको व्यवसस्था सहितको सुविधामा सवारी बिक्री भइरहेका छन् । पहिलो पटक आयोजना गरिएको एक्पोले विद्युतीय गाडिका विषयमा जानकारी दिन र प्रयोगका विषयमा जानकारी दिन सहज हुने हुण्डाइ कम्पनीका दिवाकर रेग्मीको भनाइ छ ।

ग्राहकहरुको चाहाना अनुसरानै हुण्डाइले विद्युतीय गाडिहरु ल्याएको र ग्राहकको पनि राम्रो प्रतिक्रिया रहेको उनको भनाइ छ । ग्राहकहरुको चाहाना अनुसार नै बजारमा आएको र सोही अनुसार सकारात्मक प्रतिक्रिया आएको बीवाईडी इलेक्टोनिक भेकलका समिर श्रेष्ठले बताए । ग्राहकको चाहाना अनुसारनै सवारीहरु राखिएको र बुकिङ पनि भइरहेको उनको भनाइ छ ।

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले पहिलोपटक नेपालमा इभी अटो शो शुरु गरेको छ । नाडाले ४ दिनसम्म सञ्चालन हुने गरी बिहीबारबाट इभी अटो शो शुरु गरेको छ । प्रदर्शनीमा विद्युतबाट सञ्चालन हुने विभिन्न सवारी साधान र त्यसका पाटपुुर्जाका स्टलहरुसमेत रहेका छन् ।

भिडियो :