Dhulikhel Eco Banner new

कम्पनी दर्ता गर्ने क्रम बढ्दै, गत आर्थिक वर्षमा करिब २९ हजार नयाँ कम्पनी दर्ता

5.01K
shares

काठमाडौं, १७ असोज । नेपालमा पछिल्लो समय कम्पनी दर्ता गर्नेक्रम बढेको देखिएको छ । सरकारी तथ्यांक अनुसार कोरोना महामारीको समयमा समेत कम्पनी दर्ता गर्नेक्रम बढेको देखिएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालमा २८ हजार ९५७ कम्पनी दर्ता भएका छन् । यसबीचमा सरकारले ल्याएका कतिपय छूट तथा सहुलियत प्राप्त गर्न कम्पनी दर्ता अनिवार्य गरिएका कारण समेत कम्पनी दर्ता गर्ने क्रम बढेको देखिएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा ९.३ प्रतिशतले कम्पनी दर्ता गर्ने क्रम बढेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६ हजार ४९८ वटा नयाँ कम्पनी दर्ता भएका थिए । आर्थिक वर्ष २०७६÷७७ मा १८ हजार ६२८ वटा कम्पनी दर्ता भएको सरकारी तथ्यांक रहेको छ । नेपालमा प्राइभेट लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तिमा एक जनादेखि बढीमा १०१ जनासम्म र पब्लिक लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तिमा ७ जना संस्थापक सेयरधनी रहनु पर्ने प्रावधान छ । कम्पनी स्थापना गरिसकेपछि कम्पनीले आफ्नो उद्देश्य कार्यान्वयन गर्नु अघि अनुमति वा इजाजत लिनुपर्ने निकायबाट त्यस्तो इजाजत प्राप्त गर्नुपर्छ ।