काठमाडौंमा सवारी चाप घट्यो
वि.सं.२०७९ असोज १७ सोमवार १७:५४
shares

काठमाडौं, १७ असोज । आजदेखि काठमाडौं उपत्यकाका सडकहरुहरुमा गाडीको चाप निकै घटेको छ । हिजोसम्म बिहान बेलुका लामो जाम हुने काठमाडौं उपत्यकामा सोमबारभने चाप निकै घटेको हो ।
साथै उपत्यका भित्रिने मुख्य नाकामा पनि आज बिहानैदेखि चाप घटेको ट्राफिक प्रहरीले जनाएको छ । आइतबार बेलुकीदेखि नै मुख्य नाका नागढुङ्गा र जगातीमा गाडीको चाप घट्न थालेको ट्रापिक प्रहरीले जनाएको छ । अहिले विस्तारै उपत्यकाका सडकहरु खाली हुन थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।
यातायात व्यवसायीका अनुसार १५ देखि २० लाख जना सम्मले काठमाडौं उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने आइतबार बेलुकीसम्ममा ६ लाख ५० हजारले काठमाडौं छाडेका छन् । यो भने सार्वजनिक गाडीमा चढेर गएका यात्रुको अभिलेख हो । निजी गाडी तथा मोटरसाइकलमा जाने यात्रुको संख्या पनि उत्तिकै रहेको छ ।















