Dhulikhel Eco Banner new

ठूला नेताको दबाबका कारण जनपक्षित कानुन निर्माण हुन सकेन : श्रम मन्त्री कुँवर

4.16K
shares

काठमाडौं, १७ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ठूला नेताहरुको दबाबका कारण नागरिकको पक्षमा कानुन निर्माण असफल हुने गरेको आरोप लगाएका छन् । ७७ औं विश्व श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कुँवरले भ्रष्टाचार, नागरिकता र श्रम आयोग लगायतका ऐन, नियम बनाउने काममा ठूला नेताहरुले दबाब दिने गरेको बताएका हुन् ।

उनले अहिलेको सरकारले पनि श्रम आयोग गठन सम्बन्धी प्रक्रिया तीन पटक मन्त्रीपरिषद्मा पुर्याउँदासमेत एजेण्डा बन्न नसकेको उनले बताए । मन्त्री कुँवरले कतिपय जनपक्षीय कानूनहरु संसदमा प्रवेश गर्न नै नदिइकन तुहाइदिने गरेको दाबी गरे । मन्त्री कुँवरले मन्त्रालयले असंगठित, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने तयारी गरिरहेको पनि बताए ।