Dhulikhel Eco Banner new

सानिमा माई हाइड्रोपावरको साधारणसभा कात्तिक २ गते

4.56K
shares

काठमाडौं, ३० असोज । सानिमा माई हाइड्रोपावर लिमिटेडले ११ औं वार्षिक साधारणसभा आगामी कात्तिक २ गते गर्ने भएको छ ।

कम्पनीले काठमाडौं, धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याक्वेंटमा उक्त दिन साधारणसभा गर्ने जानकारी दिएको छ ।

साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गरिनेछ ।

त्यसैगरी, आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक प्रतिवेदन र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारितका लागि साधारण सभामा पेश गरिनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।