Dhulikhel Eco Banner new

एनआइसी एशिया फण्ड अन्तर्गतका तीन फण्डले गरे लाभांश घोषणा

3.99K
shares

काठमाडौं, ३० असोज । एनआइसी एशिया क्यापिटलद्धारा संञ्चालित तीन सामुहित लगानी कोष योजनाहरुको प्रतिफल घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज २८ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन योजनाहरुले प्रतिफल घोषणा गरेका हुन् ।

एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले लाभांश घोषणा गरेका हुन् ।

एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १३ प्रतिशत अर्थात १० करोड ८५ लाख ७६ हजार रुपैयाँ, एनआईसी एशिया व्यालेन्सड् फण्डले पनि कर सहित १३ प्रतिशत अर्थात ९ करोड ८१ लख ५० हजार रुपैयाँ र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले ६ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् ।

लाभांश प्रयोजनको लागि एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले कार्तिक १५ गते एक दिनको लागि बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार कार्तिक १४ गतेसम्म कायम इकाईधनीले मात्रै उक्त लाभांश पाउनेछन् ।