Dhulikhel Eco Banner new

मिथिला लघुवित्तको संस्थापक शेयर लिलामीमा

4.41K
shares

काठमाडौं, १ कात्तिक । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले २ हजार २५४ कित्ता संस्थापक शेयर कात्तिक १ गतेदेखि लिलामी मार्फत बिक्री गर्ने जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्राथमिकता कम्पनीका संस्थापक शेयरधनीहरुलाई दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आईपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

शेयरधनीले शेयरको मूल्य प्रतिकित्ता ५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकि बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरीदका लागि आवेदन पेश गर्दा न्यूनतम १० कित्ता लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।