Dhulikhel Eco Banner new

सङ्कटमा मादल व्यवसाय

3.93K
shares

काठमाडौं, ५ कात्तिक । भरतपुर महानगरपालिका–१ लिलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो । आफ्ना बुबाले मादल बनाउन सिकाएका उनलाई अहिले मादलमात्र होइन छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ । उनको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ ।

एकरदुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उनि पेसामा आएको सङ्कट र व्यवसायमा आएको मन्दीका कारण चिन्तित छन। तिहारको समयमा पनि मादलको बिक्री नभएपछि उनि वैकल्पिक पेसा अपनाउनु पर्ने हो कि भन्ने सोचमा छन ।

उनले नारायणगढमा आकृति मादल पसल सञ्चालन गरेको नै दश वर्ष भयो । त्यसअघि मुग्लिनलगायत ठाँउमा उनले मादल बनाउने र बिक्री गर्ने गरेका थिए ।

“यो सिजनमा कोरोनाभन्दा अघिका वर्षमा दैनिक आठरदशवटा मादल बिक्री हुने गथ्र्यो”, उनले भने”, “यस वर्ष दिनमा एकरदुईवटा पनि बिक्री हुन धौधौ छ ।” उनले उत्पादन गरेका मादल काठमाडौँ, पोखरा, बागलुङ, बुटवल र पूर्वी नेपालका समेत विभिन्न सहरमा पुग्ने गर्दछ ।

“मादलको बिक्री सबैभन्दा धेरै गाउँमा हुने हो । अहिले गाउँघरमा पनि तिहारको बेला स्पिकर र डेक बजाउन थाले”, उनले भने। रु एक हजार ५०० देखि सात हजारसम्मका मादल उनले उत्पादन गर्ने गरेका छन