लाभांश पारित गर्न अरुण काबेलीले बोलायो साधारणसभा
वि.सं.२०७९ कात्तिक ६ आइतवार १७:५६
4.15K
shares
shares

काठमाडौं, ६ कात्तिक । अरुण काबेली पावर लिमिटेडले लाभांश पारितका लागि बाह्रौ वार्षिक साधारणसभा कात्तिक ३० गते गर्ने भएको छ ।
कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले कात्तिक १८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।
यस आधारमा कात्तिक १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
















