Dhulikhel Eco Banner new

सुनसरी–काठमाडौं सम्पर्क समितिको भेला शनिबार

5.46K
shares

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले कात्तिक ५ गते शनिबार भेलाको आयोजना गरेको छ । सुनसरीबाट काठमाडौंमा आएर पेशा व्यवसायमा संलग्न रहेकाहरुबीच परिचयात्मक तथा भेटघाट सहितको भेलाको आयोजना गरिएको हो ।

मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनलाई लक्षित गरेर भेलाको अयोजना गरिएको समितिले जनाएको छ । काठमाडौंमा रहेको सुनसरीका मतदाताहरुलाई सम्पर्क समितिमार्फत जिल्ला पठाउने आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा समिति लागिरहेको सभापति बाबुराम आचार्यले जानकारी दिए ।

सभापति आचार्यका अनुसार शनिबारको कार्यक्रममा सुनसरीबाट प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवार भएका सबैलाई आमन्त्रण गरिएको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की भने सुनसरीका व्यस्त रहेकाले आउन नसक्ने जानकारी प्राप्त भएको आचार्यको भनाइ छ । भेलाबाट निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनका लागि अपनाउनु पर्ने रणनीति समेत बनाइने सभपति आचार्यले बताए ।

सो भेलामा सुनसरीबाट काठमाडौंमा आएर बसोबास गर्ने ५०० जनाको उपस्थित हुने अनुमान रहेको समितिका सदस्य सञ्जय खतिवडाले बताए । नेपाली कांग्रेसको सबै उम्मेदवारलाई सुनसरीमा बिजय गराउन भूमिका खेल्ले खतिवडाले बताए ।

गत स्थानीय तहको निर्वाचनमा १७ वटा स्थानीय तह रहेको सुनसरीमा नेपाली कांग्रेसले ७ वटा पालिका विजयी हासिल गरेको थियो । स्थानीय चुनावलाई लक्षित गरेर काठमाडौंमा रहेका मतदातालाई जिल्लासम्म पुर्‍याउनका लागि बस तथा माईक्रोको व्यवस्था समेत गरिएको थियो ।

अघिल्लो चुनावमा जिल्लाका ४ वटामध्ये ३ वटा क्षेत्रमा विजयी भएको कांग्रेसलाई यो पटक सो विराशत जोगाउनु पर्ने चुनौति रहेको छ । आगामी चुनावमा सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ माओबादी केन्द्रको भागमा परेको छ भने २, ३ र ४ कांग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर २ बाट सिताराम मेहता, ३ बाट विजय कुमार गच्छदार र क्षेत्र नम्बर ४ बाट सञ्चार तथा सूचनाप्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार रहेका छन् । कांग्रेसबाट अहिले उम्मेदवार बनेको तीनै जना नेता अघिल्लो पटक भएको निर्वाचनमा विजयी भएका थिए ।

पार्टीभित्रको आन्तरिक अन्तरद्धन्द्धले केही सकस भए पनि गठबन्धनप्रति इमान्दारीता भएको खण्डमा कांग्रेसको जित निश्चत रहेको छ । भेला मध्यबानेश्वर सहभागितामार्गमा रहेको बानेश्वर पार्टीप्यालेसमा कात्तिक ५ गते दिउँसो १ बजे सुरु हुने बताइएको छ ।