यी हुन् आज सबैभन्दा बढी कारोबार भएका कम्पनी
वि.सं.२०७९ कात्तिक १६ बुधवार १५:२४
shares

काठमाडौं, १६ कात्तिक । आज नेप्से परिसुचक ७ दशमलव ३२ अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसुचक शुन्य दशमलव ३८ प्रतिशतले वृद्धि भई १९३८ दशमलव ३० को विन्दुमा पुगेको हो ।
आज १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज नविल बैंकको ५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ५ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको ३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



















