Dhulikhel Eco Banner new

आन्तरिक पर्यटन प्रर्वद्धनको लागि रणनीतिक कार्ययोजना तयार हुँदै

5.04K
shares

काठमाडौं, २८ कात्तिक । नेपाल पर्यटन बोर्ड, जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ ।

कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय,नगरपालिका तथा पर्यटनसंग सम्बन्धित निकायहरु बीच कार्यशाला समेत आयोजना गरिसकेको छ ।

उक्त कार्यक्रम मार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पु¥याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण, नीतिगत वर्तमान आवश्यकता, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तीन तहका सरकारको भूमिका र दायित्व आदी बिषयवस्तुमा गहन छलफल गरी आन्तरिक पर्यटन रणनीतिक कार्य योजना निर्माण गरिने परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

जस अनुसार बोर्डले पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रदेश पर्यटन मन्त्रालय,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाटा) होटल एशोसिएसन नेपाल (हान), तथा विभिन्न नगरपालिका र पर्यटनसंग सम्बन्धित अन्य विभिन्न सरोकारवाला सस्थाहरुसंग मिलेर कार्ययोजना तयार गर्न लागेको हो ।

प्रदेशमा आयोजना गरिउको कार्यशालामा विज्ञ तथा सरोकारवालाहरुले स्पष्ट पर्यटनमैत्री नीति,पर्यटनमा एकद्धार प्रणाली,पर्यटन व्यवसायलाई २४ सै घण्टा सञ्चालनको व्यवस्था र जनशक्ति क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । यस्तै कार्यशालाको अवसरमा व्यवसायीहरुले स्थानीय खाद्यान तथा घरवास कार्यक्रमलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

लुम्बिनीमा आयोजित कार्यशालामा सरोकारवालाहरुले आन्तरिक पर्यटन प्रवद्र्धनको रणनीति आवश्यक रहेको बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अल्पकालीन,मध्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नु पर्ने कुरामा जोड दिए । यस्तै सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यशालामा नेपालमा आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यसको प्रवद्र्धनको लागि छुट्टै आन्तरिक पर्यटन प्रवद्र्धनको रणनीति एवं ठोस योजना आवश्यक रहेको बताए ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानीमा कोभिड–१९ को संकटको कारणले रोजगार र आय आर्जनका अवसरहरु गुमाएका पर्यटन क्षेत्रका श्रमिक वा मजदुरहरुले अल्पकालिन रोजगारका अवसरहरु प्राप्त गर्ने र प्रमुख पर्यटकीय गन्तब्यस्थलहरुका पर्यटकिय सम्पदाहरुको सम्वर्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरुको लागि रोजगार र आयआर्जनका अवसरहरुमा बृद्धि गर्ने उद्धेश्यले जीविकोपार्जन पूनरुत्थानका लागि दीगो पर्यटन परियोजना संचालनमा ल्याइएको थियो ।