Dhulikhel Eco Banner new

सोल्टी होटलको नाफा २३४ प्रतिशतले बढ्यो

6.98K
shares

काठमाडौं, २९ कात्तिक । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको विवरण अनुसार होटलले ११ करोड २० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म २ करोड ११ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने नाफा गर्न सफल भएको हो ।

यस वर्ष कम्पनीको कुल आम्दानी २३४ दशमलव १५ प्रतिशत बढेको छ । गत वर्ष १२ करोड ३६ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ४१ करोड ३२ लाखभन्दा बढी यो आम्दानी गरेको हो । खर्च रकम गत वर्षभन्दा ९९ प्रतिशत बढी भएको छ ।

गत वर्ष १४ करोड ३८ लाखभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष २८ करोड ६३ लाखभन्दा बढी कुल खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ८४ करोड २५ लाख ७९ हजार रहेको छ । रिटेन्ड अर्निग र जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष ७५ दशमलव ६८ प्रतिशत बढेर ९९ करोड ८७ लाखभन्दा बढी कायम भएको छ ।

प्रतिशेयर आम्दानी १ दशमलव ३३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१ दशमलव ८५ रहेको छ ।