Dhulikhel Eco Banner new

नेपाल र पाकिस्तान बीचको मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोल रहित बराबरी

4.68K
shares

काठमाडौं, ३० कात्तिक । नेपाल र पाकिस्तान विरुद्धको मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा जारी रहेको छ । फिफा डेको अवसरमा आयोजित खेलको पहिलो आफमा दुवै टोलिले गोलरहित बराबरी खेलेका छन् ।

प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोलि अग्रता लिनबाट बञ्चित बनेका थिए । सुरुवात देखिनै आक्रामक फुटबल खेलेका दुवै टोलिले गोलका केही अवसर सिर्जना गरे पनि गोलमा परिणत भने गर्न सकेनन् ।

फिफाको प्रतिबन्धपछि पहिलो खेल खेलिरहेको पाकिस्तान विजयी सुरुवात गर्ने योजनामा रहेको छ । तर आफूभन्दा फिफा बरियतामा तल रहेको टोलिमाथि जित निकाल्दै वियजी यात्रालाई जारी गर्ने योजनामा नेपाली टोलि रहेको छ । यस अघि भएको मैत्रीपूर्ण फुटबलमा नेपाली टोलिले बंगलादेशलाई पराजित गरेको थियो ।