Dhulikhel Eco Banner new

कनेक्ट आईपीएसले ल्यायो विन्टर अफर

4.12K
shares

काठमाण्डौं, ३० कात्तिक । कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न वीन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गत मङ्सिर १ गते देखि माघ २९ गते सम्म प्रयोगकर्ताहरुले कनेक्ट आईपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा रु २५ को रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसै गरी कनेक्ट आईपीएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा १०० क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक ससक्रीप्सन (अधिकतम रु १५,००० सम्म) समेत प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले कनेक्ट आईपीएस मोबाइल एप डाउनलोड गरी वा www.connectips.com मा गई नयाँ युजर बनाउन सक्नेछन् र एक पटकको भेरिफिकेसन पश्चात एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी अन्लाईन सेल्फ भेरिफाइ वा सम्बन्धित बैंक वित्तीय संस्था मार्फत एक पटक भेरिफाइ गराउनु पर्ने हुन्छ ।

कनेक्ट आईपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो ।

कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।

यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५७ सदस्य बैंक वित्तीय संस्था मार्फत १,१५० अर्ब बराबरको १ करोड ५० लाख भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।