पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी
वि.सं.२०७९ कात्तिक ३० बुधवार १९:१०
shares

काठमाडौं, ३० कात्तिक । नेपाल पाकिस्तान विरुद्धको मैत्रीपूर्ण फुटबलमा विजयी भएको छ । फिफा डेको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपालले पाकिस्तानलाई १–० ले पराजित गरेको हो ।
नेपालको जितमा अन्जन विष्टले गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ८३ औँ मिनेटमा सुनिल बलको क्रसमा विष्टले टोलिका लागि निर्णायक गोल गरे । पहिलो हाफमा गोलका धेरै अवसरहरु सदुपयोग गर्न नसक्दा नेपाल अग्रता लिनबाट बञ्चित भएको थियो । सुरुवात देखिनै आक्रामक खेल खेलेको नेपालले खेलको अन्तिम तिर गोल गर्दै लगातार दोस्रो जित निकाल्न सफल भयो ।
केही समय अघि बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा पनि नेपाली टोलि विजयी भएको थियो । आजको गोलसँगै अन्जनले नेपालका लागि गोलसंख्या ११ पुगेको छ । उनले हरिखड्काको गोलसँग बराबरी गरेका छन् ।
















