शेयर बजारमा सुधार, परिसूचक १९३६ विन्दुमा
वि.सं.२०७९ मंसिर १ बिहीवार १५:११
shares

काठमाडौं, १ मंसिर । मंसिर महिनाको पहिलो कारोबार दिनमा शेयर बजारमा सुधार आएको छ । अघिल्लो दिनेको कारोबारभन्दा २५ दशमलव ५७ अंकले बढेर १९३६ दशमवल ८३ विन्दुमा पुगेको हो ।
शेयर कारोबार हुने हप्ताको अन्तिम दिन २२३ कम्पनीका ४३ लाख ८४ हजार ४ कित्ता शेयर कारोबारबाट १ अर्ब ७१ करोड ५४ लाख १८ हजार २८६ रुपैयाँ ४२ पैसा बराबरको कारोबार भएको छ । नेप्सेमा बिहीबार २७ हजार २३१ कारोबार भएको छ ।
त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटीभ इन्डेक्स पनि बिहीबार ४ दशमवल ४९ अंकले बढेको छ । सेन्सेटीभ इन्डेक्स बिहीबारको बाजर बन्द हुँदा ३८१ दशवमल ०६ विन्दुमा रोकिएको छ ।
















