दैलेख १ मा एमालेका सुरुवाती अग्रता
वि.सं.२०७९ मंसिर ५ सोमवार १३:२०
shares

काठमाडौं, ५ मंसिर । आइतबार भएको निर्वाचन मतगणना अनुसार दैलेखको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका उम्मेदवार रविन्द्रराज शर्माले सुरुवाती अग्रता लिएका हुन् ।
एमाले उम्मेदवार शर्माले २७ भोट पाउँदा सत्तारुढ गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उम्मेदवार अम्मर बहादुर थापाले १५ मत पाएका छन् । शर्मा निर्वतमान सांसद हुन् भने थापा प्रदेशसभाका सदस्य र मन्त्री समेत भएका थिए ।
















