Dhulikhel Eco Banner new

अजोड इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

3.98K
shares

काठमाडौं, १८ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अजोड इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको छ ।

यस कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्य शेयर कारोबार फुकुवा गरिएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो ।

सोही अनुसार कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । प्रभु इन्स्योरेन्स र यस अजोड इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै साउन १ गतेदेखि दुवै कम्पनीको शेयर कारोबार रोकिएको थियो ।