Dhulikhel Eco Banner new

फिन इलेक्ट्रो टेक २०२२ को तयारी अन्तिम चरणमा (भिडियोसहित)

5.06K
shares

काठमाडौं, १८ मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा हुने फिन इलेक्ट्रो टेक २०२२ तयारी अन्तिम चरणमा पुगेको छ । इेलक्ट्रो टेकका लागि स्टल बुकिङको कार्य सकिएको र सोमबार देखि स्टलहरुमा सामान राख्ने कार्य सुरु हुने महासंघका महासचिव कोमल पोखरेलले जानकारी दिए ।

मंसिर २२ गते देखि २५ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिने मेलामा ७५ वटा स्टलहरु रहने महासचिव पोखरेलको भनाइ छ । अहिले डेकोरेसनको कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताए । अहिले प्रचार प्रसारको कामहरु भइरहेको छ ।

यो मेलाबाट उपभोक्तालाई इलेक्ट्रोनिक सामानका विषयमा जानकारी दिने र अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा रहेको महासचिव पोखरेलको भनाइ थियो । कोभिडका कारण सन् २०१८ देखि कोभिडका कारण आयोजना गर्न नसकिएको कार्यक्रम यो पटक भने सफल पार्नका लागि सबै लागि परेको उनको भनाइ छ । यसमा नेपाली उत्पादन र विदेशी उत्पादनहरु एकै ठाउँमा अवलोकन गर्न सकिने आयोजकको भनाइ छ ।

 

भिडियो