नेको इन्स्योरेन्सले गर्यो १५ प्रतिशत लाभांश घोषणा
वि.सं.२०७९ मंसिर १९ सोमवार १३:३०
5.24K
shares
shares

काठमाडौं, १९ मंसिर । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
















