Dhulikhel Eco Banner new

उच्च शिक्षाको विकासमा त्रिविको योगदान महत्वपूर्ण : प्रधानमन्त्री देउवा

5.02K
shares

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुरयाएको बताएका छन ।

आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताएका हुन ।

“त्रिभुवन विश्वविद्यालयले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको छ”, प्रधानमन्त्री देउवाले भने, “ नेपालमा उच्च शिक्षा प्रवद्र्धन र विकासमा मुलुककै जेठो तथा अग्रणी विश्वविद्यालयको रुपमा रहेको यस विश्वविद्यालयले पु¥याएको योगदान हामी सबैका सामु जगजाहेर छ । आज मुलुकको राजनीतिक र प्रशासकीय नेतृत्व सम्हाल्ने अधिकांश जनशक्ति त्रिभुवन विश्वविद्यालयकै छन । यस्तो महत्वपूर्ण शिक्षा प्रदान गर्ने विश्वविद्यालयबाट दीक्षित हुन पाउनु विद्यार्थी स्वयंमा पनि गौरवको विषय हो ।”

उनले यस विश्वविद्यालयबाट चिकित्साशास्त्र, इन्जिनियरिङ, भौतिक विज्ञान, व्यवस्थापनलगायतका विषयका क्याम्पस दक्षिण एसियाकै प्रतिष्ठितमा पर्ने बताएका हुन ।