Dhulikhel Eco Banner new

प्राइम कमर्शियल बैंकले गर्यो लाभांश घोषणा

5.95K
shares

काठमाडौं, २९ मंसिर । प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को बाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १,६६,९७,४०,८९१.०० (प्रति शेयर ८.९५५ का दरले) लाभाँश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ । जस मध्ये प्रति शेयर ४ प्रतिशतका दरले बोनस शेयर र प्रति शेयर ४.९५५ का दरले नगद लाभाँश दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

प्रस्तावित बोनस शेयर र नगद लाभाँश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने बैंकले उल्लेख गरेको छ ।