Dhulikhel Eco Banner new

गगन थापाको शर्मनाक हार, आफ्नै समूहको पनि पाएनन् भोट

4.78K
shares

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टीका महामन्त्री गगन कुमार थापाले सर्वनाक हार व्यहोरेका छन् । बुधबार भएको संसदीय दलको नेताको चुनावमा उनी पार्टी सभापति शेरबहादुर देउवासँग फराकिलो अन्तरले पराजित भएका हुन् ।

उनले आफ्नै समूहको समेत भोट पाउन सकेन् । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद रहेका थिए । तर महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो । तर थापाले २५ मत प्राप्त गरे । देउवाले ६४ मत पाएर संसदीय दलको नेतामा विजयी भए ।