Dhulikhel Eco Banner new

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट, २३१ आवेदन रद्द

4.03K
shares

काठमाडौं, २० पुस । कालिञ्चोक दर्शनले जारी गरेको आईपीओ आज बाँडफाँट गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र स्थानीय बासिन्दाका लागि जारी गरेको साधारण शेयर बाँडफाँट गरेका हो ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरेको छ । आईपीओको प्रि–अलटमेन्ट सोमबार गरिएको थियो ।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम कम्पनीले स्थानीय बासिन्दालाई जारी गरेको १ लाख २० हजार कित्ता शेयर १२ हजार स्थानीय बासिन्दाले गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् ।

स्थानीय बासिन्दाबाट १५ हजार ४११ जनाबाट आवेदन परेकोमा २३१ जनाको आवेदन रितपूर्वक नपरेकाले रद्द गरिएको नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुबाट रितपुर्वक परेको सबै ६ हजार २५९ जना आवेदकलाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँट गरिएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ता सेयर २० कित्तादेखि एक हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।

यसअनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुमध्ये ४ हजार ५४१ जनालाई २० कित्ताका दरले ९० हजार ८२० कित्ता र १ हजार ७१८ जनालाई १० कित्ताका दरले १७ हजार १८० कित्ता शेयर बाँडफाँट गरिएको हो ।