Dhulikhel Eco Banner new

सीबीआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त

5.17K
shares

काठमाडौं, २५ पुस । सीबीआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् ।

यस क्यापिटलका संचालकहरुको पदावधि समाप्त भई, संस्थाको विशेष साधारण सभाबाट नियुक्त भएका संचालकहरुमध्येबाट मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट मनोनित संस्थाको संचालक सदस्य रहेका पारस कुमार काफ्ले २४ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनलका तर्फबाट अन्य संचालकहरु राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सि.बि.आई.एल.क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।