आयातमुखी अर्थतन्त्रका कारण नेपाललाई समस्या भयो : अध्यक्ष गोल्यान
वि.सं.२०७९ माघ १९ बिहीवार १०:३०
shares
चर्चित उद्योगी पवन कुमार गोल्यान
काठमाडौं, १९ माघ । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकको ब्याजदर बढ्दा ऋणीहरु समस्यामा परेको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले बुधबार काठमाडौंमा आयोजना गरेको गर्थन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ग्योल्यानले यस्तो बताएका हुन् ।
बैंकको ब्याज एकै पटक ७ प्रतिशतबाट १२–१३ प्रतिशत पुग्दा उद्यमी व्यवसायीलाई असज भएको उनको भनाइ थियो । आयातमुखी अर्थतन्त्र भएकाले पनि समस्या देखिएको उनले बताए । नेपालले भारतबाट सामान ल्याउँदा डलरमा र नेपालबाट भारतमा सामान पठाउँदा भारतिय रुपैयाँमा पठाउनु पर्ने कारणले पनि अवस्था जटिल बनेको उनको तर्क थियो ।
‘अहिले अवस्था यस्तो बन्यो कि सरकारलाई खर्च कसरी धान्ने भन्ने चिता छ, यस्तो अवस्थाबाट पार पाउनका लागि अत्यावश्यक वाहेकका वस्तुको आयातमा रोक लगाउनु पर्छ,’ उनले भने । देशमा उत्पादन बढाउनका लागि बैंकको ब्याजदर एकल अंकमा झार्नु पर्ने उनको भनाइ थियो । त्यस्तै जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) हुन नसक्दा धेरै लगानीकर्ता समस्यामा परेको भन्दै त्यस तर्फ सरकारले ध्यान दिनु पर्ने आवश्यकता रहेको उनले बताए ।

















