विजय लघुवित्तको नाफा ७७ प्रतिशतले घट्यो, अन्य सुचक कस्तो ?
वि.सं.२०७९ फागुन १ सोमवार ११:३७
shares

काठमाडौं, १ फागुन । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७७ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ६ करोड ३९ लाख नाफा कमाएकोमा चालू आवमा रू. २ करोड १२ लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन नाफा ६३ प्रतिशत घटेको छ ।
कम्पनीको चुक्ता पूँजी रू.३२ करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ११ करोड ७२ लाख र रिटेन्ड अर्निङमा रू.१७ करोड ९३ लाख सञ्चिती गरेको छ । कम्पनीले रू. १ अर्ब १२ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब ७१ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।
चालू आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ९७ लाख २७ हजार रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी रू.१३ दशमलव २९,मूल्य आम्दानी अनुपात ७० दशमलव ६५ गुणा र प्रतिशेयर नेटवर्थ रू. १९२ दशमलव ७० रहेको छ ।



















