Dhulikhel Eco Banner new

नाडेप लघुवित्तको लाभांश सम्बन्धी निर्णय रद्द

4.6K
shares

काठमाडौं, १ फागुन । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांशसम्बन्धी निर्णय रद्द गरेको छ ।

माघ १८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ४८ करोड ५७ लाख ६० हजारको आधारमा कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको थियो । नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा प्रतिबन्ध लगाएसँगै कम्पनीले लाभांश वितरणको प्रस्ताव रद्द गरेको हो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थासँग प्राप्ति सम्झौता बदर गरेको कम्पनीलाई अर्को कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा नगएसम्म राष्ट्र बैंकले लाभांश वितरणमा प्रतिबन्ध लगाएको छ ।

कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।