Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

767
shares

काठमाडौं, १० वैशाख । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १७.०१ अंकले घटेर २,७८७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा पाल्पा सिमेन्ट र सिखर पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी कर्पोरेट विकास बैंकका लगानीकर्ताले ९.२४ प्रतिशतका दरले कमाएका छन् भने मुक्तिनाथ म्युचल फन्डका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि नारायणी विकास बैंकका लगानीकर्ताले ५.०० प्रतिशतका दरले कमाएका छन् ।