शेयर बजारमा २१६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख १० बिहीवार १५:१०
shares

काठमाडौं, १० वैशाख । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १७.०१ अंकले घटेर २,७८७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ९ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको सुर्यकुण्ड हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.७९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले ८.४० प्रतिशतका दरले कमाएका छन् भने सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले लगानीकर्ताले ७.१७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि गणपती लघुवित्तका लगानीकर्ताले ६.३८ प्रतिशतका दरले गुमाएका छन् भने रिज लाइन इनर्जीका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका छन् ।



















