शेयर बजारमा ५ अर्ब ९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ वैशाख १० बिहीवार १५:१८
1.18K
shares
shares

काठमाडौं, १० वैशाख । शेयर बजारमा ५ अर्ब ९ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३० करोड ४२ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन सोलु हाइड्रोपावरको २६ करोड ७ लाख रुपैयाँ कारोबार भएको छ भने आँखुखोला जलविद्युतको २६ करोड ५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी होटल फरेष्ट इनको २२ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको १८ करोड ६६ लाख रुपैयाँ कारोबार भएको छ ।



















