Dhulikhel Eco Banner new

विजय लघुवित्तको शेयर कारोबार फुकुवा

4.2K
shares

काठमाडौं, २ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ ।

कम्पनीले लाभांशसम्बन्धी सूचना समयमै नदिएको भन्दै नेप्सेले माघ २६ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले माघ १० गते साँझ ५ः१५ बजे बसेको सञ्चालक समिति बैठकले प्रस्ताव गरेको भन्दै लाभांशसम्बन्धी जानकारी माघ २५ गते साँझ ६ः३५ मा नेप्सेमार्फत गराएको थियो ।

नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण माग गर्दै शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले माघ २९ गते माघ २५ गते हुनुपर्नेमा मानवीय त्रुटिका कारण अन्यथा हुन गएको सञ्चालक समितिको निर्णय माइन्युटसहित नेप्सेमा स्पष्टीकरण पेश गरेपछि नेप्सेले फागुन २ गतेदेखि लागू हुने गरी कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिमका शर्तहरू पूर्ण पालना गर्न सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यस कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।