Dhulikhel Eco Banner new

कुशलको शतकमा नेपालको रोमाञ्चक जित, नामिबिया २ विकेटले पराजित

4.86K
shares

काठमाडौं, २ फागुन । ओपनर कुशल भुर्तेलको शतकमा नेपालले नामिबियामाथि रोमाञ्चक जित दर्ता गराएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु सिरिजमा नेपालले नामिबियामाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो ।

नेपालको जितमा ओपनर कुशलले ११५ रनको शतकीय पारी खेले । उनको यो एक दिवसिय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । नामिबिया विरुद्ध नेपालले किर्तिमानी लक्ष्य समेत पुरा गरेको छ । नामिबिया विरुद्ध लिग टु मा नेपालको यो पहिलो जित हो । त्यस्तै २८६ रनको लक्ष्य पुरा गर्ने किर्तिमान पनि कायम गरेको छ ।

नेपालले यसअघि २०१९ मा युएई विरुद्ध २५५ रनको लक्ष्य पुरा गर्दै निकालेको जित नै अहिलेसम्मको सर्वाधिक ठूलो रनको लक्ष्य पुरा गर्ने जित निकालेको थियो । गत जुनमा लिग टु मै अमेरिका विरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा नेपालले स्कोर बराबर गरेको थियो । गत वर्ष टीयू मैदानमा पपुवा न्युगिनी विरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाएको थियो । सो खेलमा भने नेपाल पराजित भएको थियो ।

नामिबियाले २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कुशलसँगै कप्तान रोहित कुमार पौडेलले पनि अर्धशतकीय पारी खेले । उनले ७२ रनको योगदान दिए । त्यस्तै सन्दीप जोराले २८ रनको पारी खेले भने ज्ञानेन्द्र मल्लले २५ रनको योगदान दिए । त्यस्तै करण केसीले अविजित रुपमा २० रन बनाए ।

रोहित र कुशलले तेस्रो विकेटका लागि १३३ राझेदारी गरे । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि दीपेन्द्र र देव खनालले गत वर्ष पपुवा न्यु गिनी विरुद्ध १२९ रनको साझेदारी गरेका थिए ।

नामिबियाका लागि रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी एटोनले ३–३ विकेट लिए । बर्नानर्ड स्कोल्ट्ज र तांगेनी लुंगामेनीले समान १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको नामिबियाले निर्धारीत ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो । उसका भान लिगेनले १३३ रन बनाए । कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे । उनले ५६ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि करण केसीले ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र कुशल मल्लले १–१ विकेट लिए ।