Dhulikhel Eco Banner new

‘व्यवसाय गरेर घरभाडा, बिजुली पानीको पैसा तिर्न पनि पुग्दैन’

15.86K
shares

काठमाडौं, ५ फागुन । अहिले व्यवसायको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको छ । व्यवसायमा भएको सकसले गर्दा व्यवसायीहरुले देशभर आन्दोलन समेत गरिरहेका छन् । अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र आन्दोलित हुँदा समग्र अर्थतन्त्रमा नै समस्या उत्पन्न भइरहेको छ । कतिपय व्यवसायीहरुले आत्महत्यासम्म गरिसकेका छन् ।

यस तर्फ सरोकारवाला निकायले समयमा सोच्नु पर्ने आवश्यकता पनि देखिन्छ । यसै सन्दर्भमा व्यवसायीका समस्या, तिनको समाधान र व्यवसायीको आगामी चुनावमा केन्द्रित भएर उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसछेसँग केटिएम भ्वाइसकर्मी युकला पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समयमा व्यावसायको अवस्था के कस्तो छ ?

पछिल्लो समय व्यापारको अवस्था नाजुक हुँदै गएको छ । ७/८ प्रतिशत ब्याजदर बढेर १५/१६ प्रतिशत पुगेरको अवस्था छ । व्यवासायीहरुले नयाँ लगानी गर्न सकेका छैनन् । उपभोक्ताको क्रयशक्तिमा पनि गिरवाट आएको छ । जसले समग्र व्यवसाय र व्यापारमा समस्या नै समस्या रहेको छ । मूल्य वृद्धि पनि निकै बढेको छ । जसले गर्दा उपभोक्ताहरुले सामान खरिद गर्ने सक्ने क्षमतामा पनि ह्रास आइरहेको छ ।

उपभोक्तासँग पनि आर्थिक स्रोतको अभावले व्यापार क्षेत्रमा समस्या सिर्जना भएको हो । व्यापार घटेसँगै व्यावसाय नाफामा जान सकेको छैन । नाफामा जान नसक्दा व्यापारीहरु सटरभाडा, कर, बिजुलिबत्तिको बिल तिर्न समेत नसक्ने अवस्थामा पुगेका छन् । यस समयमा व्यापारीहरुलाई कुनै पनि किसिमको टचर आउन थालेसँगै कोही व्यक्तिहरुले आत्महत्या समेत गरेको तपाईहरुले सुन्नु भएकै छ ।

यो वाध्यता हो । कुनै पनि विकल्प नदेखर आत्महत्या गरेको हो । अस्ति मात्रै संसद भवन अगाडि आत्मदाह गरेका व्यक्तिलाई उदाहरणका रुपमा लिन सकिन्छ । यो क्रियाकलापलाई हामीले छेकेर छेक्न र रोकेर रोक्न सकिन्न । यो विषयलाई लिएर राज्यले कुनै ठोस नीति नल्याउँदा सम्म यो समस्या हल गर्न गाह्रै हुन्छ ।

हामिले पटक पटक अर्थमन्त्री लगायत सबैलाई कम ब्याजदर माग गरिरहेका छौँ । अब हामी व्यापारीहरु आफ्नो घरजग्गा धितो राखेर, औँठाछाप गरेर उताबाट ६० प्रतिशत लोन दिन्छ त्यो लोन दिए बापत १५/१६ प्रतिशत तिरिरहेका छौँ । त्यसबाट नाफा हामिले २/३ प्रतिशत भन्दा लिन पाउँदैनौँ र खर्च जति सबै त्यसमै छ । अर्को तर्फ बैंकमा पैसा राखेर पनि १५ प्रतिशतसम्म ब्याज पाइरहेको अवस्था छ । यो अवस्थामा लगानी किन गर्ने ? जबकी बजारमा उपभोक्ताको किन्ने क्षमतामा ह्रास आएर सामन बिक्री नहुने अवस्था छ ।

यस कारणले गर्दा देशको अर्थतन्त्रदेखि लिएर सबै कुराहरुमा ह्रास हुने अवस्था छ । अहिले फ्याक्ट्रीहरुदेखि सबै पसल बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । आफ्नो इज्जतको सवालले गर्दा मात्रै व्यापारीहरुले घाटा खाएरै भएपनि व्यावसाय बन्द गर्न भने सकेका छैनन् । यो विषयमा राज्य मौन छ राज्यले केही सहयोग गरेको छैन यस कुरामा हाम्रो घोर विरोध छ । राज्यले कर मात्रै लिनेभन्दा पनि अप्ठ्यारो अवस्थामा सहयोग पनि गर्नुपर्ने हुन्छ ।

व्यवसाय सञ्चालनमा ब्याजदर बाहेक अरु समस्या छैनन् त ?

व्यापार व्यावसायमा सबैभन्दा ठुलो भुमिका अर्थतन्त्रको हुन्छ । पछिल्लो समय अर्थतन्त्र निकै कमजोर अवस्थामा रहेको छ । अर्थतन्त्रमा सुधार हुँदै गयो भने मात्रै व्यवसाय गर्नका लागि सहज हुन सक्छ । तसर्थ अहिले अर्थतन्त्रलाई नै सहज बाटोमा ल्याउनु पेर्ने आवश्यकता छ ।
अर्थतन्त्र सुधार भएर बजारमा देखिएको तरलता अवभावको अवस्थामा सुधार हुने हो भने पनि निजी क्षेत्र पुनः पहिलेको अवस्थामा नै आउन सक्छ । यसका लागि सरकारले निकै मेहनत गर्नु पर्ने हुन्छ ।

बैंक तथा राज्यले कस्तो नीति अवलम्वन गर्दा निजी क्षेत्रलाई सहज हुन्छ ?

राज्यले चाहेको खण्डमा सबै कुरा सम्भव हुन्छ । बैंकहरुले पनि अहिले नै हो कमाउने समय भनेर व्यवसायीहरुलाई निचोर्ने काम गर्नु भएन । केही सहज रुपमा सेवा प्रदान गरेको खण्डमा व्यवसायीहरुलाई कही हदसम्म सहज हुन्छ ।
तत्काल बैंकको ब्याजदर घटाउने बित्तिकै पनि धेरै समस्या समाधान हुन्छ । जसले व्यवसाय गर्नेहरुलाई राहत मिल्छ । साथै व्यवसाय चलायमान पनि हुन्छ । बजारमा देखिएको तरलता अभाव समाधान हुन वित्तिकै उपभोक्ताको क्रयशक्तिमा वृद्धि हुन्छ । आम उपभोक्ताको किन्ने क्षमता बढ्नु भनेको समग्रमा व्यपार बढ्नु हो । व्यापार बढ्नु भनेको उत्पादीत सामानले बजार पाउनु हो । यस्तो भयो भने समस्या समाधानका लागि सहज हुन्छ ।
मेरो विचारमा यसका लागि तरलता अभाव समाधान र बैंकको ब्याजदर कम गर्न वित्तिकै यी यावत कुराहरुमा सुधार आउँछ ।

अहिले देखिएका समस्या समाधानका लागि निजी क्षेत्रले राज्यसँग के पहल गरिरहेको छ ?

उद्योग वाणिज्य महासंघ भनेको निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको संस्था हो । अर्थतन्त्रमा पनि निजी क्षेत्रको हिस्सा ७० प्रतिशत रहेको सबैलाई अवगत नै रहेको छ । यो अवस्थामा हामी सरकारसँग झगडा गर्ने भन्दा पनि मिलेरै जाने भन्नेमा छौँ ।
हामीले अहिले गरेको विरोधर भनेको सामान्य र शान्तिपूर्ण मात्रै हो । कडा विरोध व्यवसायीहरुले गरेकै छैनन् । ११८ वटा उद्योगहरुले विभिन्न ठाउँमा आ–आफ्नो जिल्लामा पनि विरोध गरे । गभर्नर र अर्थमन्त्रीले हाम्रो कुरा नसुनेपछि हाम्रो के लाग्छ ? राज्यका निकायसँग कुरा गरे पनि पहल गछौँ भन्ने मात्रै हुन्छ । कार्यान्वयन भने निकै फितलो रहेको छ ।

अब उद्योग वाणिज्य महासंघको चुनाव पनि आउँदै छ अबको नेतृत्व कस्तो आउनुपर्छ ?

अब अहिले अध्यक्षमा स्वतः चन्द्र प्रसाद ढकाल हुनुहुन्छ । त्यसमा कुनै समस्या भएन । नेतृत्वमा हुने सबै काम भनेको अध्यक्षको मातहतमा नै हुने हो । अनि हाम्रो चाहना आकांक्षी देखिएका सबै उम्मेद्वारहरु राम्रो हुनुहन्छ त्यसकारण जो भए पनि सल्लाह गरेर एकजना अगाडि बढ्दा ठीक हुन्छ भन्ने लाग्छ मलाई । यो कुनै राजनितिक पार्टी होइन यो व्यापारीहरुको छाता संगठन हो । सतर्थ व्यवसायीका लागि काम गर्नेका लागि सबै व्यवसायी मिलेर गयौँ भने सफता हासिल गर्न सकिन्छ ।
हामी गएर तल्लो व्यापारी र आफुले गरेको काममा कसरी सहजीकरण हुन्छ कसरी राम्रो हुन्छ भनेर सोच गरेर गर्ने हो । त्यसैले यसका लागि धेरै पैसा खर्च गर्ने होडबाजी गर्नुभन्दा पनि एक जना सल्लाहले अघि बढ्दा राम्रो हुन्छ । त्यहाँ पुग्दा धेरै तलव आउछ भन्ने पनि होइन काम कसरी गर्ने भन्ने मात्र हो । त्यसकारण जो आए पनि राम्रो नेतृत्व आउनु पर्छ भन्ने हाम्रो भनाइ हो ।

महासंघको नेतृत्वका लागि तपाईको तयारी के छ ? तपाई पनि केन्द्रीय सदस्यमा उठ्दै हुनुहुन्छ ?

म पनि महासंघको नेतृत्वका लागि तयारीमा नै रहेको छु । अहिले व्यवसायी साथिहरुसँग छलफल गरिरहेको छु । अब उम्मेद्वारी पनि घोषणा गर्छु । सबैको सल्लाह अनुसार नै अघि बढ्न लागेको छु ।