Dhulikhel Eco Banner new

तेस्रो राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन सम्पन्न

5.9K
shares

काठमाडौं, ५ फागुन । तेस्रो राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय सामाजिक उद्यमी मञ्चको आयोजनामा यहि फागुन ३ गतेबाट शुरु भएको ३ दिने राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन २०७९ सम्पन्न भएको हो ।

‘जनता, पृथ्वी र समृद्धिका लागि सामाजिक उद्यमशिलतामैत्री प्रणालीको स्थापना गरौं’ भन्ने नाराका साथ काठमामाडौंमा शुक्रबार कार्यक्रम सम्पन्न भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गरेको कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा एमालेका नेता पार्वत गुरुङ्ग, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नइन सिंह महर, राष्ट्रिय योजना आयोगको सदस्य डा. संगिता सिंह, गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदी, अन्तराष्ट्रिय गैर सरकारी संघका अध्यक्ष भगवान श्रेष्ठ तथा सामाजिक उद्यमीहरुले सामाजिक उद्यमशिलताको महत्वका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता सामाजिक उद्यमी मञ्चका संयोजक अर्जुन भट्टराईले गरेका थिए । सम्मेलनको मुख्य उद्देश्य सामाजिक उद्यमशिलाको वर्तमान अवस्था, नीतिगत र कानुनी चूनौती बारेमा छलफल गरि आगामी दिनका लागि रणनीति तय गर्ने रहेको थियो । त्यस्तै सामाजिक उद्यमशिलताका बारेमा सचेतना बृद्धि गर्न, सामाजिक उद्यमशिलता प्रवद्र्धनका लागि सहकार्य बृद्धि गर्ने पनि कार्यक्रममो उद्देश्य रहेको थियो ।

सम्मेलनको पहिलो दिन फागुन ३ गते शैक्षिक क्षेत्र र सामाजिक उद्यमशिलत विषयमा छलफल अन्तरक्रिर्या कार्यक्रम गरिएको थियो । यो अन्तरक्रिर्यामा विभिन्न क्याम्पसका विद्यार्थी र शिक्षकहरुसँग छलफल तथा परामर्श गरिएको थियो । फागुन ४ गते सामाजिक उद्यमीहरुसँग भेघाट र परामर्श आयोजना गरिएको थियो भने शुक्रबार राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलनको आयोजना गरिएको थियो । पहिलो शत्रमा नीतिगत बहस र पैरवी भएको छ भने दोस्रो सत्रमा विभिन्न विषयगत प्रस्तृति रहेको थियो ।