Dhulikhel Eco Banner new

कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

4.17K
shares

काठमाडौं, ११ फागुन । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ हजार ६०० कित्ता संस्थापक शेयर फागुन ११ गतेदेखि बिक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने पनि कम्पनीले भनेको छ ।