Dhulikhel Eco Banner new

सुर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

4.46K
shares

काठमाडौं, १७ फागुन । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

संस्थाका संस्थापक शेयरधनीहरुले कुल २ लाख कित्ता भन्दा बढी शेयर लिलामीमा बिक्री गर्न निवेदन दिएकाले कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालय ललितपुरमा आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।