Dhulikhel Eco Banner new

उपप्रधानमन्त्री श्रेष्ठसँग बंगलादेशका राजदूतको शीष्टाचार भेट, राष्ट्रिय दिवसमा सहभागी निम्तो

4.37K
shares

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शीष्टाचार भेटवार्ता गरेका छन् ।उनीहरूबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दूरीका हिसाबले बंगलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको बताएका छन् । उनले दुवै कम विकसित राष्ट्र भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले कतारमा भएको अति कम विकसित मुलुकको सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको पनि स्मरण गरेका छन् । उनले बंगलादेश र नेपाल नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गरे ।

भेटवार्ताका क्रममा राजदूत चौधरीले पनि नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गरेका छन् । आफू नेपालमा राजदूत भएर आएको दुई वर्ष भइसकेको उल्लेख गर्दै राजदूत चौधरीले त्यसक्रममा नेपाल र नेपाली आफूलाई धेरै मन परेको बताएका छन् ।

उनले बंगलादेशको राष्ट्रिय दिवस (नेसनल डे) को अवसरमा २० मार्चमा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेका छन् । उक्त कार्यक्रम नेपालस्थित बंगलादेशी दूतावासले आयोजना गर्ने उनले जानकारी दिएका छन् ।