Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अंकको गिरावट, कारोबार रकम १ अर्ब १४ करोड

5.14K
shares

काठमाडौं, २ चैत । शेयर बजारमा बिहीबार ५ अंकको गिरावट आएको छ । बिहीबार शेयर बजार ५ दशमलव ३२ अंकले घटेको छ ।

पछिल्लो समय लगातार रुपमा ओरोलो लागेको  बिहीबार शेयर बजार परिसूचक १९३३ दशमलव ३१ विन्दुमा पुगेको छ । अघिल्लो दिन शेयर बजारमा करिब २ अंकको वृद्धि भएको थियो ।
बिहीबार २५८ कम्पनीका ३४ लाख २ हजार २६७ कित्ता शेयर किनबेचबाट १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँ ५० पैसाको कारोबार भएको छ । त्यस्तै बिहीबार सेन्सेटिभ इन्डेक्स ० दशमलव ५१ अंकले घटेर ३६४ दशमवल ७८ अंकमा पुगेको छ ।

त्यस्तै फ्लोट इन्डेक्स ० दशमवल ४६ अंकले घटेर १३५ दशमवल ६१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमवल २१ अंकले घटेर १२१ दशमवल ७५ विन्दुमा पुगेको छ ।